त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा



काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म वर्षे विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।  

त्रिवि कार्यकारी परिषद्‌को बुधबार बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन दिने निर्णय गरेको हो।


विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीको नियमित परीक्षा भने यथावत सञ्‍चालन हुने जनाएको छ।