जुम्लामा प्रमुख पदमा दुई महिला उम्मेदवारी



खलङ्गा । आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत (समाजवादी) पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएकी छन् । उपप्रमुखमा सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा (एमाले) जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको बताए ।