राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले छाडे पार्टी



काठमाडौँ । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले पार्टी अध्यक्ष कमल थापालाई राजीनामा बुझाएका हुन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।

उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। थापाले पौडेललाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेका थिए ।