मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध



मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।


एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको भएको बताइएको छ ।ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।