पोखरा महानगरपालिकाकाे प्रमुख पदकाे लागि २३ जनाको उम्मेदवारी

kf]v/f, !@ j}zfv . :yfgLo txsf] lgjf{rgsf] nflu kf]v/f dxfgu/sf] k|d'v / pkk|d'v kbdf pDd]bjf/L btf{ u/fpg d'Vo lgjf{rg clws[ts sfo{nodf cfpFb} g]skf Pdfn]sf pDd]bjf/ s[i0f yfkf / dGh'b]jL u'?ª . t:jL/ M /flwsf sF8]n, /f;;


कास्की । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।

भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ । महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य छन् भने नेकपा (एमाले)का कृष्ण थापा छन् । अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र छन् ।


पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ । कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ ।

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी छन् । मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दै छन् भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ ।

त्यस्तै रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराएका छन् । रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ । दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।