थप २१ जनामा काराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । आज २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना छन् ।


पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५४० पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् ।

नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन् ।