काठमाडौँकाे मेयरमा एमालेका उम्मेदवार केशव स्थापित, उपमेयर सुनिता डंगोल



काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।