

काठमाडौँ । मक्कुमलुङ पाथीभरा केवलकार परियोजनासम्बन्धी आन्दोलनरत पक्ष र सरकारबीच वार्ता आज साँझ ६ बजे बस्ने भएको छ। वार्ता गृहमन्त्री रमेश लेखकसँग हुने तय भएको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ।
केवलकार परियोजनालाई लिएर उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको पहल गर्दै आएको छ । आन्दोलनरत पक्षले यसअघि विभिन्न चरणमा आन्दोलन गर्दै आएको थियो। वार्तामा आन्दोलनकारीको माग, परियोजनासँग सम्बन्धित विवाद र सम्भावित समाधानका विषयमा छलफल हुने ती अधिकारीले प्रशासनलाई जानकारी दिए ।
