तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।