वीरंगजका मेयर सरावगीले दिए राजीनामा



वीरगंज । पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरागगीले पदबाट राजीनामा दिएका छन् ।

बहालवाला महानगर प्रमुख सरावगीले आउँदो स्थानीय तहको निर्वाचनमा पुनः प्रमुख पदको रुपमा उम्मेदवार बन्ने पक्कापक्की भएपछिे नगर उपप्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।


उम्मेदवारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनाम दिनुपर्ने कानुनी प्रावधानलाई टेक्दै उनले हिजो नगरपालिकामै पुगेर राजीनामा दिएका हुन् । यसअघि उनले अस्तीमात्र आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका थिए ।