काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ । स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेर फर्कने क्रममा त्रिपाठीमाथि अदालत परिसरमा हातपात भएको हो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो ।
रविलाई थुनाउने यही हो भन्दै त्रिपाठीमाथि हातपात भएको थियो । प्रहरीले त्रिपाठीमाथ हातपात गरेको आरापमा एकजनालाई पक्राउ गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा भन्ने आज आदेश आउँदैछ ।