बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका छन् । देशमा सैन्य कु को असफल प्रयास गरेपछि संसदले उनलाई महाभियोग लगाएको थियो । उनीमाथि देशद्रोह र भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका लागि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास गरिएपनि राष्ट्रपति सुरक्षा दलले अवरोध गरेको थियो ।
दोस्रो पटकको प्रयासमा ठूलो संख्यामा प्रहरी परिचालन गरि उनलाई पक्राउ गरिएको हो । उनले डिसेम्बर ३ मा मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी तथा उनकै दलको विरोध भएपछि उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो ।