निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने



काठमाडौँ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् ।

आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने उनले बताए । चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ ।


निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।

उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ ।”

ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन् ।

चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here