कार्य विभाजन टुंग्याउन माओवादीले बोलायो पदाधिकारी बैठक



काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताएका छन् ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न सक्ने उनले बताए । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय कमिटी बैठकपछि पहिला पटक बस्न लागेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गरेर केन्द्रीय कमिटीको बैठकको निर्णयसहित परिपत्र जारी गर्न तयारी गरेको छ ।


माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ ।

पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ । पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएका पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षसरहकै कुर्सीमा राखिएको थियो ।

बैठकमा पुन सक्रिय राजनीतिमा आउने कुराको केही नेताहरूले विरोध गरेपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोलाएको नभई व्यक्तिगत इच्छाले पुन आफैँ सक्रिय भएको प्रष्टीकरण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here