लस एन्जलसमा डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो



बीबीसी । अमेरिकाको क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ ।

अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ ।


सप्ताहान्तमा हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतबार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन् ।

हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ । गत मङ्गलबारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताहरूले साथ दिइरहेका छन् ।

लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतबारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन् । अधिकारीहरूले यसअघि १६ जनाको हराइरहेको बताएका थिए। आइतबार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन्। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here