काठमाडौँ । १५ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष २६ गते बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल लेखापरिक्षण सेवा, निर्देशक समूहतर्फ रिक्त उपसचिव पदमा ३ जना, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहतर्फ ४, नेपाल कृषि सेवा, कृषि प्रसार (एगृ एक्सटेन्सन) समूहतर्फ ४ जना, र नेपाल कृषि सेवा, बागवानी (हल्टिकल्चर) समूहतर्फ ४ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।