काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।
कानुनमन्त्री सँगै लगेर प्रधानमन्त्रीले अध्यादेश जारी गर्ने विषयमा छलफल गरेको बताइएको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको बताइन्छ ।