प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज (शुक्रबार) साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ।


बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुन सक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here