बीमा प्राधिकरणको अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्यो, अर्थ मन्त्रालयद्वारा आवेदन आह्वान



काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नाका लागि प्रक्रिया अघि बढाइएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो ।

अध्यक्षका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here