वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले ५१ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा गरिएको अप्रेसनमा प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२० हरपतगञ्जबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर बस्ने ४० वर्षीय पारस यादव सोही स्थान बस्ने ५२ वर्षीय मैनादिन मियाँ, ३६ वर्षीय अकबर मियाँ र ४५ वर्षीय शिव महतो रहेका छन् । सडक नजिकैको खेतमा राखिएको अवस्थामा गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।