पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउने खबरले राम्रो सन्देश गएको छैन : सुदन किराती



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पाशाङ’ को विषयमा केन्द्रीय समिति बैठकमा प्रश्न उठेको छ । आइबारबाट सुरु भएको माओवादीको बैठकमा पूर्व मन्त्रीसमेत रहेका सुदन किरातीले पुनलाई राजनीतिमा ल्याउन नहुने बताएका हुन् ।

‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भने, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’


पासाङलाई राजनीतिमा ल्याउने कुराले जनतामा राम्रो सन्देश जाने पनि नेता किरातीको भनाइ छ । माओवादी उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेतृ ओनसरी घर्तीमगर पनि पासाङ सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् ।

गत स्थायी कमिटी बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी भएका पासाङलाई देखेर नेताहरुले मुखामुख गरेका थिए । उनलाई पार्टीभित्र दिइने पदबारे धेरै नेताहरुले स्थायी कमिटी बैठकमै कानेखुसी गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here