एमाले र परिवार दलबीच पनि चुनावी तालमेल हुने



काठमाडाैँ । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल हुने भएको छ ।

बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र  नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो ।


देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो ।