काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकालाई लिएर आलोचना गरेका छन् । उनले प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका हुन् ।
आज (शुक्रबार) चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् । उनले प्रचण्डले धोकाधडीको राजनीति गरेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको पनि स्पष्ट पारे ।
उनले ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि आफूहरु दुई ठूला दल मिलेको दाबी गरे । उनले अहिलेको गठबन्धन ०८४ सम्म नै कायम हुने जिकिर गरे । कांग्रेससँग अहिले सत्तामा सहकार्य भएपनि निर्वाचनमा भने प्रतिष्पर्धा नै हुने उनको भनाई छ । भीम रावललाई गरिएको कारबाहीको पक्षमा उनको अभिव्यक्ति थियो ।