काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।