ओलम्पिक कमिटीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी



काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

एनओसीको चुनाव आगामी शनिबार हुँदैछ । कमिटीमा सात उपाध्यक्ष रहनेछन् र त्यसमा नौ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा वर्तमान उपाध्यक्ष तथा टेनिसकी ज्योति राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबल टेनिसका चतुरानन्द राजबैद्य, तेक्वान्दोका प्रकाशशमशेर राणा, हक्कीका अनिल शर्मा, कबर्ड्डीका तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ र साइक्लिङका गोपालसुन्दर लाल कक्षपति छन् ।


महासचिवमा र्याफ्टिङ एन्ड कनोइङा राजीव श्रेष्ठ र कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र उम्मेदवारी परेको हुनाले उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिवमा ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ तथा तीन सचिवमा आर्चरीका रमेश शिवाकोटी, बास्केटबलका भीमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध चुनिएका छन् । सदस्यमा पनि जिम्न्यास्टिकका गीता राना, फुटबलका मनीष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here