सहकारी ठगी प्रकरणमा फरार अञ्जलाले विद्यालयमा मागिन् विदा



काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाले आफूले पढाउने विद्यालयमा पत्र लेख्दै विदा मागेकी छन् । अञ्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन् । उनले विरामी विदाभन्दै विद्यालयमा पत्र पठाएकी हुन् ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा अञ्जला जोडिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अञ्जलालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ ।


अञ्जलाले यसअघि लिएको विदा गत शुक्रबार सकिएको थियो । उनको विदा सकिएपछि अञ्जलाका श्रीमान ऋषिकेश पोखरेलले विद्यालयलाई पत्र पठाएका हुन् । ऋषिकेशले भर्चुअल माध्यमबाट विद्यालयमा पत्र पठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here