सहकारी ठगीको आरोपमा चन्द्रागिरी-१२ का वडाध्यक्ष महर्जन पक्राउ



काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।


उनी सो सहकारीका कोषाध्यक्ष हुन्। महर्जन ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here