बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गरौं : कामु गभर्नर ढुङ्गाना



काठमाडाैँ । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा.निलम ढुङ्गानाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।

सोमबार काठमाडौँमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनलाई सम्बोधन गर्दै कामु गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् ।


उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको कामु गभर्नर ढुङ्गानाले दाबी गरिन् ।

उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन् ।