एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित



काठमाडौं । एसीसी महिला यु–१९ एशिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ११ ओभरमा छुट्याइएको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि फहोमिडा चोयाले सर्वाधित २६ रन बनाइन् । त्यस्तै सुमैयाले १० रन बनाइन् भने इभाले १८ रन बनाइन् ।


यसअघि नेपालका लागि साबित्री धामीले सर्वाधिक ११ रन बनाइन् । त्यसबाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here