व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ, २३ मङ्सिरः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आइतबार यहाँ ‘सङ्घीय संसद सेवा दिवस मूल समारोह समिति– २०८१ द्वारा आयोजित ‘सङ्घीय संसदको प्रभावकारितामा संसद सेवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस


गण्डकी। सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताए।


सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन  महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए। सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उनले दिए।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here