जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा



काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धसतकीय पारी खेले ।


उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here