मायोटेमा आएको शक्तिशाली चक्रवातका कारण ठूलो मानवीय क्षति, मृतकको संख्या एक हजार पुग्ने अनुमान



बीबीसी । फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको शक्तिशाली चक्रवातले एकसय भन्दा बढी मानिसको मृत्यु भएको छ । उद्धारकर्मीहरुले यो संख्या बढेर हजार पुग्नसक्ने बताएका छन् ।

चक्रवातका कारण विद्युत् आपूर्ति ठप्प भएको छ । उद्धारकर्मीहरूले अझै पनि केही समुदायहरूमा पुग्ने प्रयास गरिरहेका छन् । २२५ किलोमिटरको गतिमा आएको चक्रवात एकसय वर्ष यताकै ठूलो भएको बताइएको छ ।


मेयोटको तीन लाख २० हजार जनसंख्या मध्ये धेरैजसो खाना, पानी र आश्रयको गम्भीर अभावसँग संघर्ष गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।

यहाँको जनसंख्या फ्रान्सेली आर्थिक सहायतामा धेरै निर्भर छ र लामो समयदेखि गरिबी, बेरोजगारी र राजनीतिक अस्थिरतासँग संघर्ष गरिरहेको छ । जनसंख्याको लगभग ७५ प्रतिशत गरिबीको रेखामुनि छन् र बेरोजगारी लगभग तीन मध्ये एकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here