सुरेन्द्र पाण्डेले भने- नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त होइन!



काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा राजनीतिकभन्दा आर्थिक संकट आउने खतरा रहेको बताएका छन् ।

नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूद्वारा आइतबार राजधानीमा आयोजित  पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । उनले अहिलेको अवस्थामा गभर्नरलाई निलम्बनमा राख्ने सरकारको कदम गलत भएको बताए ।


पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापार सन्तुलन गुमेको, भुक्तानी सन्तुलन गुमेको, वैदेशिक लगानी कमजोर भएको र बजेट खर्चमा समेत समस्या रहेको उनले बताए ।  पछिल्लो तथ्याङ्कअनुसार ३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेक्का पट्टाको ५० अर्ब रुपैयाँ माग रहेको बताउँदै नेता पाण्डेले खर्च भएन होइन अब रोक्नुपर्ने अवस्था आएको जिकिर गरे । 

उनले श्रीलंकाले भोगिरहेको आर्थिक संकट उल्लेख गर्दै भने- श्रीलंकामा अर्थमन्त्री भाग्दैछन अरे। कतै नेपालमा यस्तो दिन आउने त होइन!