पद्म ज्योतिद्वारा अलग्गै समूह घोषणा



काठमाडौं । एक सय ४ वर्ष पुरानो ज्योति गु्रप औपचारिकरुपमा अलग भएको छ । भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले आइतबार अलग्गै समूह सुरु गरेको घोषणा गरेका हुन् ।

उनले आफ्नै नाममा पद्म ज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।


समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा संचालन हुने पद्यम ज्योति गु्रप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन् । उनले भने, ‘हाम्रो पद्यम ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडी नै पारिवारिक विधान बनाएका थियौं । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपूर्ण भूमिका खेल्छ ।’

समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here