दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर, ७ वर्ष कैद सजाय माग दाबी



काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ । दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको हो ।


प्रसाईंविरुद्ध प्रहरीले शुरुमा साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो, भने अहिले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै उनलाई प्रहरीले मंसिर ४ गते पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here