आइतबार देशभर सार्वजनिक बिदा



काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।