पर्सामा सकियो रविको बयान, बुधबार पोखरा फर्काइने



काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा आज दिनभर उनीमाथि बयान लिइएको थियो ।

उनलाई बिहान ९ बजे बयानका लागि लगिएको थियो । केहीबेर बयान लिएर खाना खुवाउन जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यसपछि फेरि सरकारी वकिल कार्यालय लगेर बयानलाई निरन्तरता दिइयो । बेलुका ५ बजेतिर उनको बयान सकिएको हो । अहिले उनलाई फेरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


सभापति लामिछानेलाई प्रहरीले भोलि बुधबार पोखरा फर्काउने तयारी गरेको छ । भोलि बिहानको उडानबाट काठमाडौं ल्याएर यहाँबाट फेरि पोखरा लगिने प्रहरी जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here