तोलामा २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै, आज चाँदीको मुल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here