काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ ।