ट्रकले ठक्कर दिँदा विराटनगरमा पैदलयात्रीको मृत्यु



विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट आइतबार दिउँसो पैदलयात्रीको मृत्यु भएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४:१० बजेतिर ठक्कर दिएको हो। बाटो क्रस गर्दै गरेका बेला ट्रकले ठक्कर दिँदा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बू गम्भीर घाइते भएका थिए।


उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४:३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जानकारी डीएसपी जोशीले बताए।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटनलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here