नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित



काठमाडाैँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् । घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेका छन् ।


यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छन् । खनालले ३६ सय ८२ मत ल्याएकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेका छन् ।

बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । उनले चार हजार ३६ मत प्राप्त गरेका छन् । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरेका छन् ।