पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग



काठमाडाैँ । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  


आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।