भैंसीको मासु निर्यातदेखि टोखा छहरे सुरूङमार्गसम्म, यी हुन् नेपाल र चीनबीच भएका ९ सम्झौता



काठमाडौं । नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन्।


प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिमा भैंसीको मासु निर्यात गर्नेदेखि टोखा छहरे सुरुङमार्ग बनाउनेसम्मको सहमति भएको छ ।

यी हुन् नेपाल र चीनबीच भएका समझदारी

  • टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
  • नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
  • नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
  • फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
  • विकास योजना सम्बन्धी समझदारी पत्र
  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
  • नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
  • स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
  • नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here