अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउने



काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । 

उनले मंसिर २३ देखि २५ गते अर्थात डिसेम्बर ८ देखि १० सम्म नेपालको भ्रमण गर्ने भएका हुन् । दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका नेपाल स्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । 


नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा  जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले युवाहरू सँग साक्षात्कार गर्ने छन् भने केही नेत सँग पनि भेटवार्ता गर्ने बताइएको छ । 

लूले यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुक सँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाले जनाएको छ । लुले यस अघि गत वर्ष असारमा नेपाल भ्रमण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here