उपनिर्वाचनः रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी



काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् ।


साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छन् ।