सरकारले भन्सार दर घटाएपछि एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको मूल्य १ लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।


सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।  मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । 

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आजदेखि कार्यान्वयनमा गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here