अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु



अमेरिका । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । नोभेम्बर २२ मा भएको उक्त दुर्घटनामा अर्का एक नेपाली घाइते भएका छन् ।

दुर्घटनामा रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको हो । समाजसेवी योगेश श्रेष्ठकाअनुसार घाइते हुनेमा काठमाडौँका मेहुल श्रेष्ठ रहेका छन् ।


उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । कार चालक ३० वर्षीय विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको रहेको छ ।

उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।