पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा



न्यूयोर्क । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरू समेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ओसिएचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेको समेत जनाएको छ । यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।


“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सातवटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here