काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेकी हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गानाको पार्थिव शरीर अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
ढुङ्गानाको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा गरिने बताइएको छ । ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।