काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने रफाएल लिआओ, ब्रुनो फर्नानडेज र पेड्रो नेटोले एक एक गोल गरेका थिए । त्यसैगरी पोल्याण्डका लागि एक गोल डोमिनिक मार्कजुकले गरेका थिए ।
यो जितपछि पोर्चुगलले समुह एकमा ५ खेलमा १३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोल्याण्डको भने ५ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
अब पोर्चुगलले नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा क्रोसियासँग खेल्ने तालिका रहेको छ । सोहि दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्ने छ ।